काभा भलिबल : नेपालले भारतको सामना गर्दै

ट्रेन्डिङ

काठमाडौं १९साउन

राजधानीमा जारी काभा वुमन्स नेसन्स भलिबल लिगमा शनिबार नेपाल र भारतको रोमाञ्चक भिडन्त हुँदैछ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुने यी दुई टोलीबीचको खेल अपरान्ह तीन बजे सुरु हुनेछ। दुबै टोलीबीच रोमाञ्चक भिड्न्त हुने अनुमान गरिएको छ।

जारी लिगमा उत्कृष्ट लयमा देखिएको भारत आयोजक नेपाललाई सोही लयमा पराजित गर्ने लक्ष्यका साथ मैदानमा उत्रनेछ। यता, नेपाल पाहुना टोली भारतलाई यस लिगमा पहिलो हार चखाउने दाउमा छ।

उपाधिको दाबेदार टाेली नेपालसँगको खेल भारतका लागि तेस्रो हुनेछ। पहिलो खेलमा भारतले इरानलाई ३–१ को सेटमा पराजित गरेको हो।

लगातार दोस्रो जित हासिल गर्ने क्रममा भारतले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो।

यता, नेपाल भने पहिलो खेलमा श्रीलंकालाई ३–० को सेटमा पराजित गर्दै विजयी सुरुआत गरेको थियो। नेपाललाई भारतविरुद्धको खेलमा घरेलु समर्थकको बलियो साथ मिल्नेछ।

थप समाचार

सुन्दर नगरी चण्डीगढमा नेपाली प्रगतिशील तीज धमाका हुदै

August 21, 2025

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025