नुवाकोटको शिवपुरीमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

ट्रेन्डिङ

काठमाडौं २३ साउन

नुवाकोटको सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटना भएकाे छ।  रसुवाको स्याफ्रुबेसी उडेको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा परेको पुष्टि भएको छ । बुधबार दिउँसो हेलिकप्टर दुर्घटनामा परेको हो। नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाका अनुसार शिवपुरी ७ सूर्यचौर क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परेको पुष्टि गरे ।

उनका अनुसार हेलिकप्टर दुर्घटना स्थलमा आगलागी भइरहेको र उद्धार कार्य जारी रहेको छ ।हेलिकप्टर दुर्घटनामा ४ जनाकाे मृत्यु भएकाे बताइएकाे छ ।

नागरिक उड्ययन प्राधिकरणले हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026