राप्तीमा आइतबारदेखि राजश्व संकलन, भदौँ १६ गते नगरसभा

ट्रेन्डिङ

रत्ननगर २५ साउन 

पूर्वी चितवनको राप्ती नगरपालिकामा आइतबारबाट राजश्व संकलन सुरु हुने भएको छ । शुक्रबार सम्पन्न २३ औं कार्यपालिका बैठकले आर्थिक बर्ष २०८०÷८१ को आर्थिक ऐनमा टेकेर राजश्व संकलन गर्ने र त्यसको नगरसभाबाट अनुमोदन गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिए ।

नगरसभा हुन नसक्दा साउन एक गतेबाट सो नगरपालिकामा राजश्व संकलनको काम रोकिएको थियो । २०८०÷८१ को आर्थिक ऐनमा टेकेर पुरानै दररेटमा आइतबारदेखि राजश्व संकलन गर्ने निर्णय भएको उनले बताए । १० महिलापछि बसेको कार्यपालिका बैठकले भदौं १६ गते नगरसभा गर्ने निर्णय गरेको छ ।

बैठकले विनियोजा विधेयक अर्को कार्यपालिका बैठकमा छलफल गर्ने, आर्थिक विधेयक २०८१ स्वीकृतका लागि नगरसभामा पेश गर्ने, लेखा समिति र न्यायिक समितिको प्रतिबेदन नगरसभामा पेश गर्ने निर्णय भएको मेयर शमशेर लामाले जानकारी दिए । कार्यपालिका बैठकले वडागत बजेटको सिलिङ तोकेको छ ।

वडा नं १, ६, ८, १०, ११, १२ र १३ लाई एक करोड ८५ लाख र अन्य ६ वटा वडालाई एक करोड ८० लाख नगरसभाबाट विनियोजना गर्ने गरी बजेटको सिलिङ तोकिएको उनले जानकारी दिए । एमाले र कांग्रेसका जनप्रतिनिधिले कार्यालिका बैठक र नगर सभाको माग गर्दै फागुन ९ गते मेयर शमशेर लामा र उपमेयर देवेन्द्र लामाको कार्यकक्षमा लगाएको ताला साउन २३ गते खुलेको थियो ।

नेपाली कांग्रेस, नेकपा एमाले र समाजबादी बीच आन्दोलन पक्षले ताला खोल्ने र मेयरले कार्यपालिका बैठकको मिति तोक्ने सहमति भएको थियो । उक्त सहमतिको आधारका मेयरले शुक्रबारलाई कार्यपालिका बैठक बोलाएका थिए । नगर सभा र कार्यपालिका बैठकको माग गर्दे यहाँका जनप्रतिनिधिहरुले उच्च अदालतसम्म मुद्दा दायर गरेका थिए । बहुमत जनप्रतिनिधिले हालेको मुद्दाको छिनोफानो भने भइसकेको छैन । कार्यपालिका बैठक नराखेको, नगरसभा नगरेको, मनोमानीरुपमा नगरपालिका सञ्चालन गरेकोलगायत विषय उठाएर उच्च अदालतमा मुद्दा दायर भएको हो ।

अदालतको फैसला आउनुअघि नै यहाँका राजनीतिक दलहरुको छलफलले विवाद समाधान खोजिएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा कार्यपालिका बैठक महिनामा कम्तीमा एकपटक बस्नुपर्ने र ६÷६ महिनाको फरकमा बजेट अधिवेशन र हिउँदे नगरसभा गर्नुपर्ने उल्लेख छ । तर, चालू आर्थिक वर्षका लागि बजेट अधिवेशन हुन नसक्दा सेवा प्रवाह रोकिएको छ भने कर संकलन गर्न पाइएको छैन, जसको प्रत्यक्ष मारमा नगरवासी परेका छन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025