टर्कीमा सवारी दुर्घटनामा १० जनाको मृत्यु

ट्रेन्डिङ

टर्की २६  साउन 

टर्कीको राजधानी अंकारामा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

अंकारा–एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताउनुभयो । ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशङ्का गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ । सिन्ह्वा

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026