टर्कीमा सवारी दुर्घटनामा १० जनाको मृत्यु

ट्रेन्डिङ

टर्की २६  साउन 

टर्कीको राजधानी अंकारामा शुक्रबार भएको बस दुर्घटनामा कम्तीमा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

अंकारा–एस्किसेहिर राजमार्गको पोलाटली जिल्लामा रहेको ओभरपासको पोलमा बस ठोक्किएको अंकाराका प्रान्तीय गभर्नर वासिप साहिनले बताउनुभयो । ब्रेक मार्क नभएको र चालक निदाएका कारण दुर्घटना हुनसक्ने आशङ्का गरिएको छ भने दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

दुर्घटना भएको रुटमा सवारी आवागमन बन्द गरिएको छ । सिन्ह्वा

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025