आज पाँचवटा संसदीय समितिको बैठक बस्दै

ट्रेन्डिङ

काठमाडौं २७ साउन

संघीय संसद्अन्तर्ग आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्र्तगत अहिले बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा तारागाउँ विकास समिति र तारागाउँ रिजेन्सी होटल्स लिमिटेडका बारेमा छलफल गर्ने कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ ।

त्यस्तै, ११ बजे नै बस्ने राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

दिउँसो १ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बाढी, पहिरोलगायतका मनसुनजन्य घटना एवं विपद् व्यवस्थापन सम्बन्धमा भएका काम कारवाही तथा भावी कार्ययोजना, सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनको निष्कर्ष र कार्यान्वयन कार्ययोजनाबारे छलफल हुनेछ ।

दिउँसो २ बजेका लागि बोलाइएको विधायन व्यवस्थापन समितिको बैठकमा मिडिया काउन्सिल विधेयक, २०८० माथि दफावार छलफल हुँदैछ ।

त्यसैगरी, दिउँसो २ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा सार्वजनिक नीतिका सन्दर्भमा समितिको कार्यक्षेत्र र सीमा सम्बन्धमा राष्ट्रिय सभा सचिवसँग छलफल गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025