लिविया झडपमा नौ जनाको मृत्यु, १६ जना घाइते

ट्रेन्डिङ

त्रिपोली २७ साउन

लिवियामा प्रतिद्वन्द्वी दुई समूहबीच भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयको आपतकालीन विभागका प्रवक्ता ओसामा अलीले शनिबार घटनाको पुष्टि गरेका छन् । उनले सङ्ख्या उल्लेख नगरिकन केही हताहत भएको आफूलाई जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता अलीले सिन्ह्वालाई दिएको जानकारीअनुसार ट्राजुरा जिल्लामा भएको झडपका कारण दर्जनौं परिवार सुरक्षाका कारण विस्थापित भई आफन्त कहाँ शरण लिनपुगेका छन् ।

लिबियामा सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतन देखि नै हिंसा र राजनीतिक अस्थिरता रहेको छ । गद्दाफीको मृत्यु भइसकेको छ । रासस

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025