लिविया झडपमा नौ जनाको मृत्यु, १६ जना घाइते

ट्रेन्डिङ

त्रिपोली २७ साउन

लिवियामा प्रतिद्वन्द्वी दुई समूहबीच भएको झडपमा परी नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

लिबियाको स्वास्थ्य मन्त्रालयको आपतकालीन विभागका प्रवक्ता ओसामा अलीले शनिबार घटनाको पुष्टि गरेका छन् । उनले सङ्ख्या उल्लेख नगरिकन केही हताहत भएको आफूलाई जानकारी प्राप्त भएको बताएका छन् ।

प्रवक्ता अलीले सिन्ह्वालाई दिएको जानकारीअनुसार ट्राजुरा जिल्लामा भएको झडपका कारण दर्जनौं परिवार सुरक्षाका कारण विस्थापित भई आफन्त कहाँ शरण लिनपुगेका छन् ।

लिबियामा सन् २०११ मा नेता मुअम्मर गद्दाफीको पतन देखि नै हिंसा र राजनीतिक अस्थिरता रहेको छ । गद्दाफीको मृत्यु भइसकेको छ । रासस

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026