आज साउनको अन्तिम सोमबार, शिवालयमा भक्तजनको भीड

ट्रेन्डिङ

काठमाडौं२८ साउन

साउन महिनाको अन्तिम सोमबार आज काठमाण्डौको पशुपतिनाथसहित देशभरका शिवालयहरुमा हिन्द् श्रद्धालुहरुको घुइँचो लागेको छ । साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरु व्रत, पूजापाठ, दान लगायतका काम गरिन्छ ।

साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउने तथा बोल बम मेला पनि लाग्ने गर्छ । बोलबम तीर्थालुहरुको पनि देशभरका शिवालयमा घुइँचो छ । बिशेषगरी आज काठमाडौंको सुन्दरीजलबाट ल्याइएको जल पशुपतिमा चढाएर पूजापाठ गर्न बोलबम श्रद्धालुहरुको पनि घुइँचो लागेको हो ।

ज्योतिषशास्त्रअनुसार साउने सोमबारमा गरिने शिवको व्रत विशेष फलदायी हुन्छ । साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वरलगायतका चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पूजा गर्ने र बोलबम मेला भर्नेहरुको घुईंचो लागेको छ ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025