हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने

ट्रेन्डिङ

काठमाडौं २८ साउन

हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले  २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान  गर्ने भएको हो ।

काठमाण्डाै–कुवेत–काठमाण्डाै उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियाे बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।

शुरूमा हप्तामा एउटा उडान हुनेछ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेका छन् । यो एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।

 

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025