हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने

ट्रेन्डिङ

काठमाडौं २८ साउन

हिमालय एअरलाइन्सले कुवेतमा फेरि उडान शुरू गर्ने भएको छ । नेपालको एकमात्र निजी अन्तर्राष्ट्रिय एअरलाइन्सका रूपमा रहेको हिमालय एअरलाइन्सले  २० अगस्ट २०२४ देखि कुवेतमा आफ्नो सिधा उडान  गर्ने भएको हो ।

काठमाण्डाै–कुवेत–काठमाण्डाै उडानले दुई देशका नागरिकबीचको सम्बन्धलाई बलियाे बनाउने तथा पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्न सहयोग पुर्‍याउने एअरलाइन्सले जनाएको छ । सेवा र ग्राहक अनुभवलाई अझ सुदृढ बनाउनका लागि एअरलाइन्सले कुवेतका लागि जनरल सेल्स एजेन्ट जीएसएको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ ।

शुरूमा हप्तामा एउटा उडान हुनेछ । हिमालय एअरलाइन्ससँग अहिले चार वटा जहाज रहेका छन् । यो एअरलाइन्सले संयुक्त अरब इमिरेट्स (यूएई), मलेसिया, कतार, साउदी अरेबिया, कुवेत, बङ्गलादेश र चीनमा यात्रुवाहक उडान सञ्चालन गरिरहेको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026