प्रेस चौतारीको भवन निर्माणका लागि तीन व्यवसायीले गरे ५१ हजार आर्थिक सहयोग

ट्रेन्डिङ

 चितवन २८ साउन
श्रमजीवि पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनको भवन निर्माणका लागि भरतपुर स्थापित तीन जना व्यवसायीहरु मिलेर ५१ हजार १ सय ११ रुपैयाँ आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको देशकै एक मात्रै भवनका लागि चितवन ओम हस्पिटल भरतपुर १० का कार्यकारी अध्यक्ष ओमप्रकाश दवाडीको विषेश संयोजनमा सामाजिक अभियन्तासमेत रहेका यमबहादुर गुरुङ, भोलानाथ लामिछानेले मिलेर सो रकम सहयोग गरेका हुन् । यमबहादुर मदिरा व्यवसायी हुन भने लामिछाने औषधिका थोक विक्रेता हुन् ।

प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं चितवन ओम हस्पिटलका कार्यकारी अध्यक्ष ओमप्रकाश दवाडीले प्रेस चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए । दवाडीले चौतारीको भवनका लागि आफूले सहयोग गर्ने इच्छा पहिल्यैदेखि जाहेर गर्दै आएको भन्दैं भवनको निर्माण तीब्र भैरहेको बेला सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे ।

प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गर्ने तीनै जना सहयोगी दाताहरुलाई धन्यवाद दिँदै भवनले चाँडै नै पूर्णता पाउने बताए । चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ । पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारी दिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026