प्रेस चौतारीको भवन निर्माणका लागि सेन्ट्रल कलेजबाट २ लाख सहयोग

ट्रेन्डिङ

 चितवन २९ साउन
प्रेस चौतारी चितवनको भवन निर्माणका लागि नारायणगढमा रहेको सेन्ट्रल कलेजले २ लाख रुपैयाँ सहयोग गरेको छ । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि सेन्ट्रल कलेजका प्रिन्सिपल यज्ञविलास पौडे्लले कलेजको १६ औं बार्षिकोत्सवका अवसरमा भवन निर्माणमा स्थलमा नै आएर चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई २ लाखको चेक हस्तान्तरण गरेका हुन् ।

प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं कलेजका प्रिन्सिपल पौडेलले चौतारीको बन्दै गरेको भवनले पत्रकारहरुको संस्थागत विकासमा महत्वपूर्ण कोशेढुंगा सावित हुने बताए । चौतारीको भवनका लागि आफूले २ बर्ष अगाडि चौतारी साँझ कार्यक्रममा पनि सहयोग गरेको स्मरण गर्दैै उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले भवन निर्माणले चाँडै नै पूर्णता पाउने विश्वास ब्यक्त गरे । सो अवसरमा पौडेलले भवनको अवलोकन पनि गरेका थिए ।
प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले भवनका लागि सहयोग गरेकोमा चौतारी चितवनको तर्फबाट धन्यवाद दिए ।

सेन्ट्रल कलेजले जिल्लामा खेलकुद, सामाजिक सेवाका क्षेत्रमा महत्वपूर्ण साथ र सहयोग दिँदै आएको भन्दैं अध्यक्ष पण्डितले सबैको साथ र सहयोगबाट चौतारीको ३ तले भवन तयार हुँदै गरेको बताए । चौतारीको भवन निर्माणमा होस्टेमा हैंसे गरेर साथ र संगठन प्रति सेन्ट्रल कलेजले दर्शाएको माया र सद्भाव अनुकरणीय रहेको अध्यक्ष पण्डितले बताए । समाजसेवी केशव कार्कीले प्रेस चौतारी चितवनलाई उपलब्ध गराएको झण्डैं ७० लाख पर्ने १० धुर जग्गामा अहिले भवन बनिरहेको छ । भवन तीन तलाको बन्दैछ । भवनको सबै ढलानको काम सकेर अहिले प्लाष्ट्रर गर्ने क्रम अन्तिम चरणमा छ । भवनमा आर्थिक सहयोग जुटाउन चौतारी चितवनले २०७९ वृहत सांस्कृतिक तथा साहित्यिक कार्यक्रम आयोजना गरेको थियो । भवनका लागि विभिन्न व्यक्ति तथा संघसंस्थाहरुले सहयोग गर्दै आएका छन् । भवनको भूईं तलामा कार्यालय कक्ष, पहिलो तलामा हल र तेस्रो तलामा आवासिय सुविधासहितका कोठाहरु रहने अध्यक्ष पण्डितले जानकारी दिए ।

थप समाचार

छैटौ माघी खिचडी महोत्सव २०८१ आयोजना हुदै आयोजक थारु कल्याणकारीणी सभा नगर समिति

January 14, 2025

अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन,अध्यक्षमा खनाल

January 8, 2025

जनवरी १,राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

January 1, 2025