नारायणघाट-बुटवल सडक अवरुद्ध

ट्रेन्डिङ

काठमाडौं ३० साउन 

पूर्व–पश्चिम राजमाार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड फेरि पूर्णरुपमा अवरुद्ध भएको छ । दाउन्नेमा भासिएको सडक मर्मतको काम चलिरहेका बेला मङ्गलबार राती फेरि लेदोसहितको पहिरो झरेपछि सडक पूर्णरुपमा अवरुद्ध भएको नवलपुर प्रहरीले जनाएको छ ।

हिजो दिनभर भासिएको सडक मर्मतको काम भए पनि नसकिएपछि बुधबार बिहानैदेखि मर्मत गर्ने गरी सडक एकतर्फी सञ्चालन गरेर छोडिएको थियो । तर लेदोसहितको पहिरो झरेपछि बिहान ४ः४५ बजेदेखि राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी वेदबहादुर पौडेलले जानकारी दिए ।

बाटो एकतर्फी भए पनि सञ्चालनका लागि प्रयास भइरहेको पौडेलले बताए। सोमबार साँझ ५ बजे सडक भासिएर एकतर्फी सञ्चाल भए पनि सडक थप भासिएपछि मङ्गलबार बिहान ८ः३० बजेदेखि पूर्णरुपम यातायात अवरुद्ध भएको थियो ।

दिउँसो २ बजेसम्म मर्मत गरी सक्ने आँकलनका साथ काम गरिए पनि सोचेभन्दा बढी काम गर्न परेकाले राती एकतर्फी बाटो सञ्चालन गरेर छोडिएको थियो ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025