गठ्ठाघरमा ट्रकको ठक्करबाट दोलखाकी सुष्मा नेपालीको निधन

ट्रेन्डिङ

काठमाडौं ३१ साउन 

भक्तपुरको गठ्ठाघरमा ना६ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार सुष्मा नेपालीको घट्नास्थलमै मृत्यु भएको छ ।

प्रत्यक्षदर्शीका अनुसार कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको ट्रकले ट्राफिक चेकिङ्गमा रोकिराखेको स्कुटरलाई ठक्क दिँदा स्कुटर चालक घट्नास्थलमै मृत्यु भएको हो ।

तीव्र गतिको ट्रकले करिब एक सय मिटर परसम्म स्कुटरलाई घिसारेको प्रत्यक्षदर्शीले बताएका छन् । दोलखा मेलुङकी २३ वर्षीय सुष्माको शरीर क्षतविक्षत भएको थियो ।

दुर्घटनापछि आक्रोशित भीडले ट्रकमा तोडफोड गरेका थिए । स्थानीय आन्दोलित भएपछि केही समय भक्तपुर–कोटेश्वर सडकखण्ड र सानोठिमी–जडीबुटी–पेप्सीकोला सडकमा यातायात ठप्प भएको थियो ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025