थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिनकी छोरी प्रधानमन्त्री बन्ने

ट्रेन्डिङ

३१ साउन

थाइल्यान्डमा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी पेतोङत्रान सिनावात्रा प्रधानमन्त्री बन्ने भएकी छन्। उनी ३७ वर्षकी छन्।

उनको फेउ थाइ पार्टीले प्रधानमन्त्रीको उम्मेदवारमा सिनावात्रालाई छनोट गरेको हो। यसअघि संवैधानिक अदालतले त्यहाँका प्रधानमन्त्रीलाई बर्खास्त गरिदिएको थियो।‘हामीले पेतोङत्रान सिनावात्रालाई मनोनयन गर्ने निर्णय लिएका छौँ,’ सो पार्टीका महासचिव सोरावङ थिएन्थोङले ब्यांककमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भने।

सांसदहरुले शुक्रबार नयाँ प्रधानमन्त्री चुन्नेछन्। फेउ थाइ पार्टी सत्तारुढ गठबन्धनको अगुवा हो। बुधबार संवैधानिक अदालतले प्रधानमन्त्री श्रेत्था थाभिसिनले जेल परेका व्यक्तिलाई प्रधानमन्त्री बनाएर संविधान उल्लंघन गरेको भन्दै उनलाई पदच्युत गरिदिएको थियो।

उनी एक वर्ष पनि पदमा रहन पाएका थिएनन्।थाइल्यान्डमा दुई दशकयता राजनीतिक स्थिरता कायम हुन सकेको छैन। कू, आन्दोलन र अदालतको आदेशमा बारम्बार सरकार ढल्ने गरेका छन्।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026