सोलुखुम्बु बाढी : ३ दर्जन घरमा क्षति, ६ जनाको सकुसल उद्धार

ट्रेन्डिङ

काठमाडौं३२साउन

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ स्थित थामे गाउँभन्दा माथिबाट  भीषण बाढी आएको छ ।

सदरमुकाम सल्लेरीबाट अन्त्यन्तै टाढा रहेको सो स्थानमा आज दिउँसो एक्कासी भीषण बाढी आएको थियो । सो बाढी हिमताल वा हिमपहिरो फुटेर आएको हुन सक्ने प्रशासनले अनुमान गरेको छ । यद्यपि यसबारेमा थप यकिन नभएको प्रहरीको भनाइ छ ।

यसैबीच करिब ४० घर परिवार रहेको थामे गाउँमा बाढी पसेपछि जनजीवन अत्यन्तै कष्टकर बनेको छ भने नेपाली सेनाले ६ जनाको सकुसल उद्धार गरेको छ । सेनाले एक विज्ञप्ति जारी गर्दै ६ जनालाई सकुसल उद्धार गरेको र २० घरजति पूर्णरुपमा क्षति भएको जनाएको छ ।

“थामेगाउँमा करिब १ः४५ बजे हिम पहिरो गएको खबर प्राप्त हुनासाथ नेपाली सेनाको उद्धार टोली परिचालित भई प्रभावित इलाकाबाट ६ जनाको उद्धार कार्य गरेको छ,” सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “उक्त पहिरोमा परी १५ देखि २० घर पुरिएको भन्ने बुझिएको ।”

यसैबीच जल तथा मौसम विज्ञान विभागले एक सूचना प्रकाशित गरी सोलुखुम्बु जिल्ला खुम्बु पासाङ्ल्हामु गाउँपालिका वडा नं. ५ थामे आसपास ठुलो बाढी आएको जानकारी स्थानीयबाट प्राप्त भएकाले सोलुखुम्बुको जोरसल्लेदेखि तल दूधकोशीको तटीय क्षेत्रमा हुनेहरुले अर्को सूचना नभएसम्म उच्च सतर्कता साथ सुरक्षित रहन अनुरोध गरेको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026