सुदूरपश्चिममा आज हर्षोउल्लासका साथ ओल्के मनाइँदै

ट्रेन्डिङ

काठमाडौं १ भदौ 

सुदूरपश्चिममा आज ओल्के पर्व धुमधामका साथ मनाइदैछ। सुदूरपश्चिमेलीको मौलीक पर्वको रुपमा रहेको ओल्के भाद्र संक्रान्तिका दिन पहाडी समुदायमा बिषेश रुपमा मनाइने गरिन्छ।

सुदूरपश्चिममा ओल्के पर्वलाई जेठो पर्वका रुपमा मनाउने गरिएको छ । परापूर्व काल देखि मनाईदै आएको ओल्को पर्वमा परिवारका ठूलाबडा, मान्यजन वा जेष्ठ नागरिकलाई सम्मान स्वरुप उपहार वा कोसली दिने गरिन्छ। भाद्र संक्रान्तिका दिन फलफुल, पिडालुको पात, हरीयो सागपात, तथा मिठो मसीनो खानेकुरा ओलक भनेर दिने गरीन्छ।

परिवारका ठूलाबडा, मान्यजनको घरमा गएर टिका ग्रहण गरी आशिर्वाद लिने प्रचलन रहिआएको छ । आजका दिन गाउँका सबै मिलेर नजिकको हरीयो रुखको हाँगामा बाबियो बाट बनाएको पिङहालेर खेल्ने,देउडा गाउने,रमाईलो गरेर मनाउने परम्परा रहेको छ। सामाजिक मान्यता अनुसार वर्षामा हुने प्राकृतिक प्रकोप तथा संकटबाट बचेर नवजीवन प्राप्त भएको खुशियालीमा ओल्के पर्व मनाउने प्रचलन रही आएको छ ।

आजका दिन विवाहित चेलीबेठीहरु फलफुल, तथा सेल रोटी,पुरी लगायतका परिकार बनाई माइति घरमा ओलक लगेर जाने चलन रहेको छ। त्यसपश्चात माइती पक्षबाट माघ महिनामा तिहार स्वरुप छोरी बेठीलाई मिठो मसीनो खानेकुरा तथा सेल रोटी पुरी दिने प्रचलन रहेको छ।

ओल्के संक्रान्तिका दिनबाट गाउँ नजिकैका ठाउँमा छरछिमेक मिलेर रूखका हांगा बिंगा झ्याङ तथा अन्य बोटबिरुवा काटेर एक ठाउँमा थुप्रो बनाइन्छ । त्यस थुप्रोलाइ स्थानीय भाषामा ‘बुढी’ हाले भनिन्छ। उक्त बुडीलाई असोज १ गते राती जनाउने परम्परा छ ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025