रुसमा शक्तिशाली भूकम्पको धक्का

ट्रेन्डिङ

२ भदौ 

रुसमा आइतबार बिहान ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए ।

समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको भए पनि रुसी आपतकालीन मन्त्रालयले भने भूकम्पको कारण सुनामीको चेतावनी जारी गरेको छैन ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025