रुसमा शक्तिशाली भूकम्पको धक्का

ट्रेन्डिङ

२ भदौ 

रुसमा आइतबार बिहान ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । अमेरिकी समाचार संस्था सीएनएनका अनुसार भूकम्पपछि धेरै जना बाहिर निस्किएका थिए ।

समाचारमा जनाइएअनुसार भूकम्पको केन्द्रविन्दु रुसको सुदूरपूर्वमा रहेको कामचटका प्रायदीपको तट रहेको छ । सीएनएनले भूकम्पपछि ज्वालामुखी विस्फोट भएको उल्लेख गरेको छ । भूकम्पका कारण कुनै ठूलो क्षति भएको विवरण प्राप्त भइनसकेको समाचारमा उल्लेख छ । भूकम्पपछि अमेरिकाले सुनामीको चेतावनी जारी गरेको भए पनि रुसी आपतकालीन मन्त्रालयले भने भूकम्पको कारण सुनामीको चेतावनी जारी गरेको छैन ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026