बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश

ट्रेन्डिङ

काठमाडौं २ भदौ 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई थुनामा पठाउन अदालतले आदेश दिएको छ ।नक्कली शरणार्थी प्रकरणका बिचौलिया झालाई जिल्ला अदालत, काठमाडौंका न्यायाधीश तीर्थराज केसीको इजलाशले उनलाई आइतबार थुनामा पठाउने आदेश दिएको हो ।

उनीविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, ठगी र लिखत किर्ते मुद्दा दायर भएको थियो । चार दिन लामो बयान र थुनछेक बहसपछि झालाई थुनामा राख्ने आदेश भएको हो ।

प्रहरीले तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र सचिव टेकनारायण पाण्डेलाई ठगी गिरोहसँग झाले भेट गराइदिएको जनाएको छ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026