इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीकाे विजयी सुरुवात

ट्रेन्डिङ

काठमाडौँ ३ भाद्र

गत सिजनको विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा चेल्सीलाई हराएको छ ।

चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २-० को सहज जित दर्ता गरेको हो । सिटीको जितमा नर्वेली फरवार्ड एर्लीङ हालान्ड र चेल्सीकै पूर्व खेलाडी माटियो कोभाचिचले १-१ गोल गरे ।

सिटीका लागि सयौं खेल खेलिरहेका हालान्डले १८ औं मिनेटमा सुरुवाती अग्रता दिलाएका थिए । सन् २०२२ मा सिटीमा आबद्ध भएका उनले ९१ औं गोल गर्ने क्रममा गोलरक्षक रोबर्ट सान्चेजलाई वन भर्सेस वनको अवस्थामा बिट गरेका थिए । पेनाल्टी क्षेत्रभित्र बर्नार्डो सिल्भाको पास डिफेन्डर मार्क कुकुरेलाले रोक्न नसक्दा हालान्डले गोलको अवसर पाएका थिए ।

खेलको ८४ औं मिनेटमा कोभाचिचले गोल गर्दै जित पक्का गरे । उनले पेनाल्टी क्षेत्र बाहिरबाट सुन्दर गोल गरेका थिए । चेल्सीका लागि भने नयाँ सिजनको सुरुवात सुखद रहन सकेन ।

चेल्सीले नयाँ सिजनका लागि ११ खेलाडी अनुबन्ध गर्ने क्रममा १ सय ८५ मिलियन पाउण्ड खर्च गरिसकेको छ । क्लबमा ४० सिनियर खेलाडी रहँदा अब अन्तिम २५ टोलीमा को रहन्छन् भन्ने चासोको साथ हेरिएको छ ।

सिटीले जितका साथ ३ अंक जोडेको छ । आइतबार नै ब्रेन्टफर्डले नयाँ सिजनमा विजयी सुरुवात गर्ने क्रममा क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गरेको थियो ।

सोमबार हुने खेलमा टोटेनहम ह्ट्सपर र लेस्टर सिटी खेल्नेछन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025