चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

ट्रेन्डिङ

चितवन ४ भदौ

जिल्लाको माडीमा खोलाले बगाएर  सोमबार एक जनाको मृत्यु भएको छ । माडी नगरपालिका–९ का ५० वर्षीय काजिमान प्रजालाई खोलाले बगाएको थियो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उनलाई  सोमबार दिउँसो स्याउलीबाट कुसुमखोला बस्ती जाने क्रममा खोलाले बगाएको थियो । उनका अनुसार प्रजाको शव घटनास्थलबाट पाँच सय मिटर तल भेटिएको थियो ।

यस्तै माडीमा नै खोलाले मोटरसाइकल बगाएको छ । सोमबार दिउँसो माडीबाट ठोरी पर्सा जाने क्रममा बागमती प्रदेश ०३–०२ प ९५८६ नम्बरको मोटरसाइकललाई खोलाले बगाएको हो । बाँदरझुलास्थित अम्बुवाखोलामा बाढी आई मोटरसाइकल बगाएको हो ।

मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२८ का ३७ वर्षीय पवन चापागाईं खोलाले बगाएको बुट्यानमा अड्किएर बाँच्न सफल भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए । उनको सकुशल उद्धार गरिएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026