लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए दुईतिहाई बढी विश्वासको मत

ट्रेन्डिङ

काठमाडौं ४ भदौ 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो । विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।

कूल ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७, जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस, एमाले लगायतका दलले ह्विप नै जारी गरेका थिए । जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाले पनि उनलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट दुईतिहाई बहुमत प्राप्त गरेका छन् ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026