लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले पाए दुईतिहाई बढी विश्वासको मत

ट्रेन्डिङ

काठमाडौं ४ भदौ 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । आज दिउँसो १ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव राखेका थिए ।

आचार्य नेपाली कांग्रेसको समर्थनमा गत साउन ७ गते मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो । विश्वासको मतको पक्षमा ७० र विपक्षमा ११ मत परेको थियो ।

कूल ८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७, जनमतका तीन, लोसपाका तीन, जसपाका दुई, जसपा नेपालका एक र नाउपाका चार सांसद छन् । मुख्यमन्त्री आचार्यलाई विश्वासको मत दिन कांग्रेस, एमाले लगायतका दलले ह्विप नै जारी गरेका थिए । जनमत, लोसपा, जसपा, जसपा नेपाल र नाउपाले पनि उनलाई विश्वासको मत दिएका छन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश सभाबाट दुईतिहाई बहुमत प्राप्त गरेका छन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025