साफ यू-२० च्याम्पियनसिपमा माल्दिभ्समाथि भुटानको जित

ट्रेन्डिङ

काठमाडौं ५ भदौ

काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गत आज समुह बी अन्तर्गत भुटानले माल्दिभ्सलाई पराजित गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा भुटानले माल्दिभ्सलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

यो जितपछि भुटानको सेमिफाइनलमा पुग्ने सम्भावना कायम रहेको छ । अब शुक्रबार हुने भारत र माल्दिभ्सबीचको खेलपछि समुह बी बाट सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने भएको छ ।

आइतबारदेखि शुरु भएको प्रतियोगिताको समुह ए बाट नेपाल र बंगलादेश सेमिफाइनलमा पुगिसकेका छन् भने श्रीलंका बाहिरिएको छ ।

नेपालसहित ६ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह ए बंगलादेश र श्रीलंकासँग रहेको छ भने समुह बी मा भारत, भुटान र माल्दिभ्स रहेका छन् ।

त्यस्तै नेपालले भने समुह चरणको अर्को खेल विहिबार बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।

थप समाचार

उच्च रक्तचाप भएका लागि ‘डाइट चार्ट’ : कस्तो खानपान गर्ने ?

October 20, 2024

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो

October 20, 2024

रबि लामिछाने लाई पक्राउ गर्न अदालत को पक्राउ पुर्जी,सङठित अपराधमा समेत जोडियो

October 18, 2024