साफ यू–२० च्याम्पियनसिप : आज नेपाल बंगलादेशसँग भिड्दै

ट्रेन्डिङ

काठमाडौं ६ भदौ  

साफ यू–२० च्याम्पियनसिपअन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा आज नेपाल बंगलादेशसँगै भिड्दैछ।ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा दिउँसो ३ बजे सुरु हुने आजको खेलमा विजेता र उपविजेता हुने टोली सेमिफाइनल प्रवेश गर्नेछन्।

समूह ए मा लगातार दोस्रो हार भोग्दै श्रीलंका समूह चरणबाटै बाहिरिएको छ। श्रीलंका बाहिरिएसँगै नेपाल र बंगलादेश एक खेल अगावै सेमिफाइनल पुगिसकेका छन्।

समूह ए को विजेताले सेमिफाइनलमा समूह बी को उपविजेतासँग खेल्नेछ। समूह उपविजेताले समूह बी को विजेता टोलीसँग खेल्नेछ। समूह चरणको पहिलो खेलमा श्रीलंकालाई १–० ले पराजित गरेको नेपाली टोली बंगलादेशलाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनल खेल्न चाहन्छ।

समूह बी बाट भने भारत, भुटान र मालदिभ्स तिनै टोलीको सेमिफाइनल पुग्ने सम्भावना उत्तिकै छ। समूह चरणको अन्तिम खेलमा शुक्रबार भारत र मालदिभ्स खेल्न बाँकी छ। यो खेलसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा हुनेछ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026