मकवानपुरमा ग्याँस बुलेटले कारलाई ठक्कर दिँदा तीन घाइते

ट्रेन्डिङ

मकवानपुर ७ भदौ 

मकवानपुरमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् । पूर्व पश्चिम राजमार्ग स्थित हेटौडा उपमहानगरपालिका–९ मास्टर चोकमा ग्यास बुलेटले कारलाई ठक्कर दिँदा ३ जना घाइते भएका हुन् ।

पूर्व पश्चिम सडक खण्डमा पथलैयाबाट हेटौडा तर्फ जाँदै गरेको एनएल०१एल २९७१ नम्बरको भारतीय एलपी ग्याँस बुलेटले हेटौँडाबाट रातोमाटेतर्फ जाँदै गरेको ग ३ च ८४४९ नम्बरको कारलाई ठक्कर दिँदा कारमा सवार ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

ग्यास बुलेटको ठक्करबाट कार चालक जिल्ला स्याङ्जा अरुणचौपाही नगरपालिका वडा नम्बर– १ बस्ने ३३ वर्षीय चुडा बहादुर बिष्ट, कारमा सवार कास्की पोखरा महानगरपालिका वडा नम्बर–११ बस्ने ६३ वर्षीय पूरण श्रेष्ठ, कारमा सवार लमजुङ बेसीसहरू नगरपालिका वडा नम्बर–८ बस्ने १७ वर्षीय नेहा राना मगर घाइते भएका हुन् । उनीहरूको हेटौँडा स्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । दुवै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको तथा ग्यास बुलेटका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026