मुग्लिन–नारायणगढ सडकमा बस पल्टियो, २५ जना घाइते

ट्रेन्डिङ

चितवन ७ भदौ 

चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा यात्रुवाहक बस पल्टिएको छ ।

शुक्रवार दिउँसो भरतपुर–२९ सत्र किलोमा बाटो माथिबाट ढुङ्गा खस्दा बस पल्टिएको हो ।दुर्घटनामा परी २५ जना यात्रु घाइते भएका छन् । घाइते भएका सबै यात्रुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ ।

बसमा ३५ जना यात्रु भएको अनुमान गरिएको छ ।गौरबाट पोखरा गइरहेको ग २ ख ४७ नम्बरको यात्रु बस अनियन्त्रित भएर पल्टिएको थियो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बाटो माथिबाट ढुङ्गा खस्दा चालक आत्तिएर नियन्त्रण गुमाउँदा बस पल्टिएको हो ।

अहिले उक्त सडक खण्ड एकतर्फी सञ्चालनमा छ ।

 

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025