तनहुँ बस दुर्घटना अपडेट : १४ शव निकालियो, उद्धार कार्य जारी

ट्रेन्डिङ

दमौली ७ भदौ 

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मर्स्याङ्दी नदीमा बस खस्दा कम्तीमा १४ जनाको मृत्यु भएको छ ।

शुक्रबार आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुवाहक बस मर्स्याङ्दी नदीमा खसेको थियो ।

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको हो । बसमा भारतीय पर्यटकहरु सवार थिए । प्रहरीका अनुसार दुर्घटनास्थलबाट अहिलेसम्म १४ जनाको शव निकालिएको छ ।

अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रको टोलीले उद्धार गरिरहेको छ । प्रारम्भिक जानकारी अनुसार बसमा ३५ जना यात्रु सवार रहेको बताइएको छ । दुर्घटनामा ६ जना यात्रु अझै बेपत्ता रहेका छन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025