शिखर धवनले लिए क्रिकेटबाट संन्यास

ट्रेन्डिङ

काठमाडौँ ८ भदौ 

भारतीय क्रिकेटर शिखर धवनले क्रिकेटबाट सन्यांस लिएका छन्। उनले आज शनिबार अगस्ट २४ मा सामाजिक सञ्जालमार्फत संन्यासका घोषणा गरेका हुन्।
३८ वर्षीय शिखरको १२ वर्ष अन्तर्राष्ट्रिय खेल खेलेका छन्।

उनले ३४ टेस्ट, १६७ एकदिवसीय र ६८ टी-२० मा १० हजार ८६७ रन बनाएका छन्। धवनले भनेका छन्, ‘म मेरो जीवनको त्यो मोडमा उभिएको छु जहाँ म केवल सम्झनाहरू मात्र देख्न सक्छु। मेरो सपना सधैं भारतका लागि खेल्ने थियो र त्यो साकार भयो र त्यसका लागि म आभारी छु। मेरो परिवार, मेरो कोच तारक सिन्हा र मदन शर्मा, जसको नेतृत्वमा मैले वर्षौंसम्म खेलेको मेरो टोलीले मलाई ख्याति र भाग्य प्राप्त गर्यो सबैको।’ उनले थप भनेका छन्, ‘ तर जीवनमा अगाडि बढ्नको लागि पाना पल्टाउनु महत्त्वपूर्ण छ, त्यसैले म अन्तर्राष्ट्रिय र घरेलु क्रिकेटबाट सन्यासको घोषणा गर्दैछु।’

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026