सर्लाहीमा क्रसरले खनेको खाल्डोमा एक किशोरको मृत्यु

ट्रेन्डिङ

सर्लाही  ९ भाद्र

जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनी नजिक फूलजोर खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर वडा नं ४ सागरनाथका १७ वर्षीय निशान थापामगर हुन् । मगर फुटबल खेल्न साथीसँगै सखुवनी आएकी थिइन् । क्रसरले खनेको खाल्डो निकै गहिरो भएकाले मृतक शव निकाल्न गोताखोर ल्याउनु परेको थियो ।

सशस्त्र प्रहरी बर्दीवासस्थित बाहिनीबाट गोताखोर टोली आएर किशोरको शव निकालेको थिए । क्रसरको लापरवाहीका कारण किशोरको मृत्यु भएको भन्दै स्थानीय र आफन्तले क्षतिपूर्ति माग गरि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन दिएका छैनन् । सहमतिको प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

उता जिल्लाकै ब्रह्मपुरी गाउँपालिका -२ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–२ का ६ वर्षीय अंकित साह रहेका छन् । नजिकैको रामजानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बालकको शव गाउँलेले पोखरीबाट निकालेका थिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026