सर्लाहीमा क्रसरले खनेको खाल्डोमा एक किशोरको मृत्यु

ट्रेन्डिङ

सर्लाही  ९ भाद्र

जिल्लाको ईश्वरपुर नगरपालिका–५, सखुवनी नजिक फूलजोर खोलामा क्रसरले खनेको खाल्डोमा जमेको पानीमा डुबेर एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा ईश्वरपुर वडा नं ४ सागरनाथका १७ वर्षीय निशान थापामगर हुन् । मगर फुटबल खेल्न साथीसँगै सखुवनी आएकी थिइन् । क्रसरले खनेको खाल्डो निकै गहिरो भएकाले मृतक शव निकाल्न गोताखोर ल्याउनु परेको थियो ।

सशस्त्र प्रहरी बर्दीवासस्थित बाहिनीबाट गोताखोर टोली आएर किशोरको शव निकालेको थिए । क्रसरको लापरवाहीका कारण किशोरको मृत्यु भएको भन्दै स्थानीय र आफन्तले क्षतिपूर्ति माग गरि शव पोष्टमार्टमका लागि मलंगवा पठाउन दिएका छैनन् । सहमतिको प्रयास भइरहेको ईलाका प्रहरी कार्यालय केशरगन्जले जनाएको छ।

उता जिल्लाकै ब्रह्मपुरी गाउँपालिका -२ मा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नम्बर–२ का ६ वर्षीय अंकित साह रहेका छन् । नजिकैको रामजानकी मठको पोखरीमा डुबेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ । बालकको शव गाउँलेले पोखरीबाट निकालेका थिए ।

थप समाचार

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025