मर्स्याङ्दीमा खसेको बस निकाल्न मुग्लिन–आँबुखैरेनी सडकखण्ड साढे तीन घण्टा बन्द गरिने

ट्रेन्डिङ

काठमाडौं १० भदौ

पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी–मुग्लिन सडकखण्ड आज तीन घण्टाका लागि पूर्ण रूपमा बन्द भएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार सार्वजनिक सूचना जारी गर्दै आज बिहान साढे ६ बजेदेखि १० बजेसम्म उक्त खण्डमा सवारी आवागमन बन्द गरिने जानकारी दिएको थियो ।

शुक्रबार ऐनापहरा नजिकै दुर्घटनामा परेको भारतीय बस निकाल्नका लागि सवारी आवागमन बन्द गरिएको प्रशासकीय अधिकृत मैताबहादुर गुरुङले जानकारी दिए।

दुर्घटनाग्रस्त बस निकाल्न ठूला मेसिनरी उपकरण प्रयोग गर्नुपर्ने भएकाले सवारी पूर्ण रूपमा बन्द गरिएको उनको भनाइ छ । बस दुर्घटनामा परी २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026