भरतपुर महानगरद्वारा दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

ट्रेन्डिङ

चितवन १० भदौ

चितवनको भरतपुर महानगरपालिकाले निजी विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ ।

विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो ।

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले एक कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।

उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण उहाँले बताउनुभएको छ ।

रासस

 

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025