एटुजेड समाचारले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने

ट्रेन्डिङ

चितवन १० भदौ

एटुजेड समाचार डटकमले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच दोस्रो तीज विशेष आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको छ । एटुजेडले महिला पत्रकार एवम् सञ्चारकर्मीबीच “मौलिक तीज पर्व र यसका चुनौती” शीर्षकमा आर्टिकल लेखन प्रतियोगिता गर्ने भएको हो ।

मध्य नेपालको चितवन तथा आसपासका जिल्लाहरूलाई आधार क्षेत्र बनाएर डिजिटल प्लेटफर्ममार्फत सञ्चालनमा आएको अनलाइन पत्रिका एटुजेड समाचार डटकमले संस्कृति संरक्षणमा चल्ने कलमको सम्मान गर्दै उक्त प्रतियोगिता आयोजना गरेको हो ।

चितवनबाट पत्रकारिता शुरु गरि हाल जिल्ला, जिल्ला बाहिर वा विदेशमा समेत रहेका महिला पत्रकार / सञ्चारकर्मीहरूलाई पुनः चितवनसँग जोड्ने र मौलिक कला/संस्कृतिको महत्त्व र यसको जगेर्नाका लागि प्रोत्साहन गर्ने उद्देश्यले नेपाली महिला दिदीबहिनीहरूको महान पर्व हरितालिका तीजको अवसरमा आर्टिकल लेखन प्रतियोगिताको आयोजना गरिएको एटुजेड समाचार डटकमका अध्यक्ष किशोरचन्द्र सापकोटाले जानकारी दिए ।

आर्टिकल नेपाली भाषामा कम्तीमा १२०० शब्दको हुनुपर्नेछ । त्यस्तै प्रिति वा नेपाली युनिकोड फन्टमा टाइप गरि ईमेल a2zsamachar2075@gmail.com मा यही भाद्र १५ गते ४ बजेसम्ममा आफ्नो, स्थायी ठेगाना, सम्पर्क मोबाइल नम्बर र फोटो सहित पठाउनुपर्ने छ । समयसिमा भित्र प्राप्त भएका आर्टिकलहरूलाई भाद्र १६ गते बिहान ११ बजेसम्म एटुजेड समाचारको वेबसाईट र फेसबुक पेजमा प्रकाशन गरिने छ ।

फेसबुक पेजमा भाद्र २० गतेसम्म गरिएका लाईक, सेयर, कमेन्ट र मेन्सनका आधारमा २० प्रतिशत पत्रिकाको आईटी टिमले र ८० प्रतिशत आयोजकले तोकेका निर्णायकहरुको मुल्याङ्कनको आधारमा उत्कृष्ट ४ प्रतियोगीहरू छनौट गरि पुरस्कृत गरिनेछ ।

आर्टिकल लेखनमा प्रथम हुनेलाई ५० हजार, द्वितीयलाई २५ हजार, तृतीयलाई १५ हजार र सान्त्वनालाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ भने सहभागी सबैलाई प्रमाणपत्र प्रदान गरिने छ । उच्च सम्मान उपहार स्वरुप लगातार तीन बर्ष सम्म प्रथम हुने बिजेतालाई इलेक्ट्रीक स्कुटर उपहार समेत दिइनेछ ।

आयोजक संस्था एटुजेड समाचार डटकम डिजिटल पत्रिका फेसबुक प्लेटफर्ममार्फत पनि प्रकाशित हुने हुँदा सामाजिक सन्जाल प्रयोगमा पत्रकार र पाठक दुबै वर्गको सकारात्मक सक्रियताका लागि २० प्रतिशत निर्णयको आधार छुट्टाइएको अध्यक्ष सापकोटाले जानकारी दिए ।

सो कार्यक्रमको टाईटल स्पोन्सरमा निप्पोन एजुकेशन सेन्टर, कलर पार्टनरमा टाटा पेन्ट्स, एजुकेशन पार्टनरमा युनाईटेड टेक्निकल कलेज, हस्पिटालीटी पार्टनरमा सिएमटी होटल, हेल्थ पार्टनरमा श्री पुष्पान्जली हस्पिटल प्राली, एब्रोड पार्टनरमा ग्रेस इन्टरनेशनल एजुकेशन, साउथ कोरिया गोल्डेन इमिनेन्ट र स्विट पार्टनरमा राम मिस्ठान भण्डार रहेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026