कालिका कभर्डहलमा प्रथम मेयरकप व्याडमिन्टन प्रतियोगिता हुने

ट्रेन्डिङ

रत्ननगर ११ भदौ

पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ३ स्थित कभर्डहलमा यही भदौ १५ र १६ गते प्रथम मेयर कप व्याडमिन्टन खुल्ला डबल अन्तर जिल्ला स्तरीय प्रतियोगिता हुने भएको छ । कालिका नगरपालिकाको सहयोगमा कालिका कभर्डहल व्याडमिन्टन व्यवस्थापन समितिले आयोजना गरेको सो कार्यक्रममा ५२ वटा टिमले प्रतिस्पर्धा गर्ने छन् ।

आयोजक समितिले मंगलबार प्रतियोगिताको उद्देश्य र तयारीको बारेमा जानकारी गराएको हो । मेयर विनोद रेग्मीले उद्घाटन गर्ने सो प्रतियोगितामा दुई समुहमा प्रतिस्पर्धा गराइने छ । समूह वी अन्तर्गत खुल्ला र समूह सी अन्तर्गत छिमेकि नगरका टिमहरुले प्रतिस्पर्धा गर्ने समितिका अध्यक्ष फडिन्द्र लामिछानेले जानकारी दिनुभयो । खेलकुदको विकास र युवाहरुलाई सामाजिक रुपान्तरणमा अग्रसर बनाउने उद्देश्यले प्रथम मेयर कप आयोजना गरिएको उनले जानकारी दिए ।

सुविधा सम्पन्न हुँदाहुँदै पनि कालिका कभर्डहल ओझेलमा परेको छ उनले भने कभर्डहललाई राष्ट्रिय रुपमा परिचित गराउन प्रतियोगिता गरेका हौं । प्रतियोगित अन्तर्गत समूह वी तर्फ प्रथम पुरस्कार ३१ हजार, द्धितीय पुरस्कार २१ हजार र तृतीय पुरस्कार ११ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने समितिका सचिव बुद्धि अधिकारीले जानकारी दिए । समूह सी तर्फ प्रथम पुरस्कार १५ हजार, द्धितीय पुरस्कार १० हजार र तृतीय पुरस्कार ७ हजार सहित शिल्ड,मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा चितवन सहित नवलपरासी र तनहुँका नाम चलेका टिमहरुले प्रतिस्पर्धा गर्ने उपाध्यक्ष निलकण्ठ चालिसेले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न ४ लाख ३३ हजार ४०० रूपैया खर्च लाग्ने अनुमान गरिएको छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025