चितवनको सनराइज स्कुलको होस्टेलबाट बालक बेपत्ता

ट्रेन्डिङ

चितवन  १२ भदौ

चितवनको सनराइज इङ्लिस बोर्डिङ स्कुलबाट एक जना विद्यार्थी बेपत्ता भएका छन् । सनराइज इङ्लिस बोर्डिङको कक्षा ५ मा पढ्ने ११ वर्षीय विद्यार्थी सम्योग बहादुर पौडेल बेपत्ता भएका हुन्। मंगलबार अपरान्ह ४ बजेदेखिनै समिर सम्पर्कबिहिन भएपछि अभिभावक चिन्तित छन्।

भरतपुर १३, उज्ज्वलनगर घर भएका उनको आमा अहिले वैदेशिक रोजगारीमा छिन्। मासिक शुल्क तिरेर परिवारले उनलाई स्कुलको होस्टलमा राखेको थियो। ‘छोरालाई बोडर्स गरेर राखेकोले म ढुक्क थिए आमा सरिता पौडेलले भनिन्, स्कुलबाटै राम्रोसँग केयर हुन्छ भनेर होस्टल राखियो, तर होस्टलबाटै छोरो हरायो ।’

सबैतिर खोजतलास गर्दा पनि फेला नपरेपछि परिवार अहिले तनावमा छ। छोराको खोजीका लागि प्रहरीकोमा खबर भइसकेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले बालक हराएको जानकारी आएको र त्यसबारे अनुसन्धान सुरु भइसकको जानकारी दिए । बालक स्कुलबाट हराएको भन्ने जानकारी राती १० बजे आएको बताउँदै उनले भने, ‘खोजी कार्य अघि बढाइ सकेका छौं ।’

 

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026