एमाले सचिवालय बैठकको कार्यसूची तय

ट्रेन्डिङ

काठमाडौँ १२ भदौ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए । एमालेले बिहीबार दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।रासस

 

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025