एमाले सचिवालय बैठकको कार्यसूची तय

ट्रेन्डिङ

काठमाडौँ १२ भदौ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले बिहीबार बस्ने सचिवालय बैठकको कार्यसूची तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बुधबार बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार सचिवालय बैठकमा पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनीतिक प्रस्तावसम्बन्धी कार्यसूची तय गरिएको छ ।

केन्द्रीय कार्यालयको बैठक पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको थियो । बैठकमा महासचिव पोखरेलसहित तीन उपमहासचिव र ६ जना सचिव सहभागी थिए । एमालेले बिहीबार दिउँसो १ बजेका लागि पार्टी कार्यालयमा सचिवालय बैठकको आह्वान गरेको छ ।रासस

 

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026