भारतमा बाढीका कारण १५ जनाको मृत्यु

ट्रेन्डिङ

नयाँदिल्ली १२ भदौ

भारतमा मुसलधारे वर्षाका कारण आएको भीषण बाढीमा कम्तीमा १५ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले बुधबार जानकारी दिएका छन् ।रिपोर्टअनुसार तटीय पश्चिमी राज्य गुजरातमा नदीहरूले किनारा भत्काउँदा २३ हजारभन्दा बढी मानिसलाई उनीहरूको घरबाट विस्थापित गरिएको छ ।

बिजनेस स्ट्यान्डर्ड पत्रिकाले सोमबारदेखि राज्यका आठ जिल्लामा १५ जनाको मृत्यु भएको बताएको छ ।मुख्यमन्त्री भूपेन्द्र पटेलले सामाजिक सञ्जाल पोस्टमा मछुवाहरूलाई समुद्रमा यात्रा नगर्न सल्लाह दिएका छन् ।

मनसुनी वर्षाले हरेक वर्ष व्यापक विनाश निम्त्याउँछ । जलवायु परिवर्तनले मौसमको ढाँचालाई बदलिरहेको र चरम मौसमी घटनाहरूको सङ्ख्या बढिरहेको विज्ञहरूले बताएका छन् ।

उत्तरपूर्वी राज्य त्रिपुरामा गत हप्ता बाढी र पहिरोमा परी २० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

बङ्गलादेशमा भारी बाढीले कम्तीमा ४० जनाको मृत्यु भएको र करिब तीन लाख बासिन्दा आपत्कालीन आश्रयहरूमा शरण लिएका थिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026