मन्त्रिपरिषद् बैठक : मुख्यसचिवमा एकनारायण अर्याल नियुक्त

ट्रेन्डिङ

काठमाडौं १३ भदौ 

सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । आज (बिहीबार) साँभ्m ६ बजे बसेको मन्त्रिपरिषद् बैठकले सचिव अर्याललाई मुख्यसचिव बनाउने निर्णय गरेको हो ।

मुख्यसचिव लीलादेवी गड्तौला ५८ वर्षको उमेर हदका कारण भोलि (शुक्रबार)बाट अवकाशमा जाने भएपछि सरकारले हाल गृह मन्त्रालयका सचिव अर्याललाई मुख्यसचिव बनाएको हो ।

उनले आगामी डेढ वर्ष निजामति प्रशासनको नेतृत्व गर्ने भएका हुन् । वरियतामा चौथो नम्बरमा रहेपनि प्रधानमन्त्री केपी शर्मा ओलीले रुचाएका अर्याललाई उत्कृष्ट कार्यसम्पादनको आधारमा मुख्यसचिव बनाईएको बताइएको छ ।

 

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025