चौतारीले विभिन्न पुरस्कार वितरण गर्दै,तिजमा देवघाटमा दर खुवाउने

ट्रेन्डिङ

चितवन १४ भदौ  

प्रेस चौतारी नेपाल चितवन शाखाले विभिन्न पत्रकारितासहितको पुरस्कार प्रदान गर्ने भएको छ । चौतारी चितवन शाखाको शुक्रबार बसेको बैठकले शारदा तिलचन्द्र भट्टराई पत्रकारिता पुरस्कार , जाेखिम पत्रकारिता पुरस्कार, स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्ने निर्णय गरेको हो । बैठकले चौतारीका सदस्य स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको सवाउनेमेत घोषणा गरेको छ । कोषका लागि आवश्यक कार्यबिधी समेत बैठकले पारित गरेको चौतारीका चितवन अध्यक्ष सुवास पण्डितले जानकारी दिए । सो कोषमा जिल्ला अध्यक्ष सुवास पण्डितले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । उनले आफ्नो जन्मदिनको अवसर पारेर कोषमा सो रकम जम्मा गरेका हुन् । चौतारीले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार ,जोखिम पत्रकारिता पुरस्कार र शैक्षिक प्रतिभा पुरस्कार वितरण गर्दै आएकोमा यस बर्ष स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न लागेको अध्यक्ष पण्डितले बताए ।

बैठकले शारदा तिलचन्द्र पत्रकारिता पुरस्कार वितरणका लागि चौतारीका अध्यक्ष पण्डितको संयोजकत्वमा डाक्टर तिलचन्द्र भट्टराई र पत्रकार महासंघका पुर्व अध्यक्ष जनक अर्याल सदस्य रहने गरि समिति बनाएको छ । स्वर्गीय द्वारिका नेपाल स्मृति पुरस्कार वितरण गर्न शाखा अध्यक्ष पण्डितकै संयोजकत्वमा प्रदेश सहइन्चार्ज शालिग्राम नेपाल र चौतारी चितवनका पुर्व सचीव नारायण सापकोटा सदस्य रहेको समिति तथा जोखिम पत्रकारिता पुरस्कार वितरणका लागि शाखा अध्यक्ष पण्डितको संयोजकत्वमा जिल्ला इन्चार्ज प्रतिमा सिलवाल र जिल्ला सचीव ध्रुवराज खनाल सदस्य रहेको समिति बनाएको छ ।
स्वर्गीय द्वारिका नेपाल स्मृति अक्षय कोषको खाता ग्लोबल आइएमइ बैंकमा शाखा अध्यक्ष ,सचिव र कोषाध्यक्षको हस्ताक्षर रहने गरि खोल्ने निर्णय गरेको छ ।
बैठकले आगामी भदौ १९ गते विहान देवघाटकाे वृद्राश्रममा दर खुबाउने निर्णय गरेको छ । हरितालिका तिजको अवसर पारेर देवघाटको वृद्धाश्रमा तथा चाैतारीका महिला दिदिबहिनीहरूलाई साेही दिन दर खुबाउने भएको छ । बैठकले चाैतारीका सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्ने, चौतारीका सदस्यलाई प्रशिक्षण कार्यक्रम असोज पहिलो साता गर्ने निर्णय समेत गरेको प्रेश चौतारी चितवनका सचिव ध्रुवराज खनालले जानकारी दिए । त्यस्तै प्रेस चाैतारीकाे आर्थिक बर्ष २०७८/०७९, २०७९/०८० र २०८०/०८१ काे लेखा परीक्षण प्रतिवेदन पारित पनि गरेको छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025