तिज बिशेष शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम सम्पन्न

ट्रेन्डिङ

भरतपुर १५ भदौ 
प्रेमवस्ती टोल विकास संस्थाद्वारा आयोजित हरितालिका तिज २०८१ को अवसरमा विशेष शुभकामना आदान प्रदान तथा दर खाने कार्यक्रम शनिवार भरतपुर८ मा रहेको वरपिपल पाटी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित सम्पूर्णलाई संस्थाकी सदस्य महादेवि गुरुङले स्वागत गर्नु भएको थियो ।कार्यक्रमका प्रमुख अतिथि भरतपुर वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले तीजको शुभकामना व्यक्त गर्दै आपसी सद्‍भाव कायम राख्न सहयोग पुगोस् भन्ने कामना गर्नुु भयो । यसले आफ्नो धर्म, संस्कृतिको जगेर्ना गर्न र सद्‍भाव वृद्धि गर्न योगदान पुर्याउने विश्चास उहाँले व्यक्त गर्नुभयो ।

सोही अवसरमा संस्थाकी सदस्य चन्द्रकला बगाालेले मौलिक तीज गीत प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा वडा नम्बर ७ की महिला सदस्य अमृता गौतम,रीता दर्जी , संस्थाका सल्लाहाकार समितीका सदस्य आनन्द न्युरे लगायत टोलबासीहरूको उपस्थिति रहेको थियो ।

संस्थाका अध्यक्ष सुदिप घिमिरेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम लक्ष्मी ढकालले सहजिकरण गर्नु भएको थियो ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026