एसवाई प्यानलद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सहयोग

ट्रेन्डिङ

रत्ननगर १५ भदौ 

रत्ननगर वडा नं १४ स्थित जनदया माविमा अध्यायन गर्ने विपन्न समुदायको शिक्षाका लागि शनिबर शैक्षिक सहयोग गरिएको छ । सोही वडामा रहेको एसवाई प्यानल नेपाल लि. चितवनले सो विद्यालयमा रहेका २३० जनालाई पोसाक झोला, कापी, कलम सहयोग गरेको कम्पनीका निर्देशक अनिल सापकोटाले जानकारी दिए ।

विद्यालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच वडा नं १४ का वडाध्यक्ष होमनाथ रानाभाट, कम्पनीका प्रबन्ध निर्देशक लि हवाछुन, निर्वतमान वडाध्यक्ष हरिकुमार श्रेष्ठले विद्यार्थीहरुलाई स्टेशनरी र विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष तुलसी पन्तलाई विद्यालय पोसाकको पिस कमडा हस्तान्तरण गरेका थिए । सो अबसरमा कम्पनीका प्रबन्ध निर्देशक हवाछुनले कम्पनीले सामाजिक उत्तरदायित्व बहन गर्दै विपन्न समुदायका बालबालिकाको शिक्षाको लागि सहयोग गरेको बताए ।कम्पनीले नाफाको केही प्रतिशत हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्दै आइरहेको भन्दै उनले कम्पनीको सेवा क्षेत्र भित्रका विपन्न नागरिकको शिक्षा र स्वास्थ्यमा सहयोग गर्दै आएको बताए । वडाध्यक्ष रानाभाटले विपन्न समुदायका बालबालिकाहरुको शिक्षाका लागि एसवाई प्यानलले गरेको सहयोग ठिक ठाउँमा रहेको भन्दै सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधार गर्न शिक्षक जिम्मेवार हुनुपर्ने बताए । निर्वतमान वडाध्यक्ष श्रेष्ठले बालबालिकाको शिक्षाको लागि अभिभावकको चासो र शिक्षण सिकाइमा शिक्षकले ध्यान केन्द्रीत गर्नुपर्ने बताए ।

पिठुवाको भूमिमा सञ्चालनमा रहेर एसवाई प्यानलले रोजगारी र्सिजनासंगै स्थानीय बालबालिकाको लागि शिक्षामा सहयोग गर्दै आएको भन्दै कम्पनीले गरेको कामको खुलेर प्रशंसा गरे । विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानाध्यापक विक्रम बहादुर अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रम विद्यालयका शिक्षक हरि खबासले सञ्चालन गरेका थिए । आठ बर्ष चितवनमा स्थापना भएको कोरियन कम्पनीको एसवाई प्यानलले प्री फ्याब घर निर्माणका लागि इपीयस प्यानल, स्याण्डवीच, पफ प्यानल, रुफ डोर स्टील डोर र युपीभिसी विण्डो उत्पादन गर्दै आएको छ । चितवनमा उत्पादिन सामग्री भरत समेत निर्यात गर्न थालिएको कम्पनीका महाप्रबन्धक छोइ दोङ इलले जानकारी दिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026