हरित विद्यालयका लागि शिक्षकहरुलाई अभिमूखिकरण

ट्रेन्डिङ

रत्ननगर १५ भदौ 

चितवन रत्ननगर नगरपालिका भित्रका शिक्षकहरुलाई हरित विद्यालय तथा जलवायु परिवर्तन सम्बन्धी शिक्षकहरुलाई अभिमूखिकरण कार्यक्रम शनिबार गरिएको छ । वन्यजन्तु संरक्षण संघ नेपाल चितवन शाखाको आयोजनामा रत्नननगर नगरपालिका वडा–९ को मोहना मावि र कपरफोरी माविका ३५ जना शिक्षकलाई हरित विद्यालयका बारेमा अभिमूखिकरण गरिएकको संघमा चितवन शाखाका प्रमुख रामचन्द्र पौडेलले जानकारी दिए ।

विद्यालयको शिकाई केन्द्रलाई प्रभावकारी बनाउन हरित विद्यालय तथा जलवायु परिवर्तन शिक्षक अभिमूखिकरणले उल्लेखनीय सहयोग पुग्ने पौडेलले बताए । विद्यालय स्तरबाट नै वातावरण संरक्षणको बारेमा जनचेतना जगाउन सके मात्र वातावरण संरक्षण हुनेमा उनले जोड दिएका छन् । उक्त अभिमूखिकरणमा वन्यजन्तु संरक्षण संघ नेपालका बरिष्ठ कार्यक्रम अधिकृत वृन्दा देवान, सुभासचन्द्र खरेल, करुणा देवकोटाले सहभागी शिक्षकहरुलाई प्रशिक्षण दिएका थिए । प्रशिक्षकहरुले सहभागी शिक्षकहरुलाई विद्यार्थीको चहाना र भावना अनुसार शिकाईलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा रत्ननगर नगरपालिका वडा नम्बर ९का वडाध्यक्ष अनन्त अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन चितवन शाखा प्रमुख पौडेलले गर्ने भएको थियो । नेपालमा सन २००२ मा स्थापना भएको संस्थाको चितवन शाखा भने सन २००६ देखि वन र वन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएको शाखा प्रमुख पौडेलले बताए । संघले हाल रत्ननगर नगरपालिकामा हरित विद्यालयका बारेमा परियोजना सञ्चालन गरिरहेको छ । परियोजनाले विद्यार्थीहरुलाई व्यवहारिक शिक्षा प्रदान गरिरहेको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025