निगमले घटायो इन्धनको मुल्य

ट्रेन्डिङ

काठमाडौं १५ भदौ 

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025