निगमले घटायो इन्धनको मुल्य

ट्रेन्डिङ

काठमाडौं १५ भदौ 

नेपाल आयल निगमले इन्धनको मुल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।

त्यस्तै निगमले एलपी ग्याँसको खरिद मुल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मुल्य यथावत राखेको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026