रत्ननगर वडा नं १ मा एमालेको तीज विशेष कार्यक्रम

ट्रेन्डिङ

रत्ननगर १६ भदौ

नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालिका तीज नजिकिँदै गर्दा देशका विभिन्न स्थानहरू र विशेष गरी सहरी क्षेत्रमा तीज मनाउने, दर खाने, शुभकामना आदान प्रदान गर्ने, नाचगान गरेर रमाइलो गर्ने माहोल बढेको छ । विभिन्न संघ संस्थामा आबद्ध महिला दिदी बहिनीहरू राता साडी र गरगहनामा सजिएर तीज मनाउँदै गरेको देखिएको छ ।

शनिवार नेपाल कम्युनिष्ट पार्टी (एमाले) रत्ननगर १ वडा कमिटीले तीज विशेष तथा पर्वको शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । वडा कमिटीका महिला दिदीबहिनीहरूलाई समावेश गराउदै तीजको अवसरमा दर खादै शुभकामा आदान प्रदान कार्यक्रम गरेको हो । रत्ननगर वडा नं. १ कमिटीकी कार्यबाहक अध्यक्ष मिरा सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य तथा चितवन क्षेत्र नं. १ की इन्चार्ज प्रभा बराल प्रमुख अतिथि रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बरालले नेपाली हिन्दु नारीहरुले भोग्दै आएको दुःख, सुख, पीडा, हाँसो, खुसी, आँसु, कथा, व्यथालाई गीत मार्फत व्यक्त गर्दै हाँसी खुसी मनाइने यो महान पर्व तीजलाई विकृति ल्याएर बिगार्न नहुने बताइन । पर्वका नाममा हुने सबै खाले विकृतीलाई हटाउदै पर्वका सकारात्मक पक्षलाई संस्कारका रुपमा विकास गर्नुपर्नेमा जोड दिइन । नेकपा एमाले पार्टी केन्द्रीय सदस्य तथा बागमती प्रदेशका पूर्व अर्थमन्त्री जगन्नाथ थपलियाले समाजमा देखा पर्ने महिलामाथी हुने सबै खाले हिंसाको घट्ना प्रति सबैको ध्यान जानुपर्नेमा जोड दिदै समाजको सकारात्मक परिवर्तनबाट मात्र समुन्नत समाज निर्माणको लक्ष्य पार्टीले पुरा गर्ने विश्वास व्यक्त गरे ।

यस पर्वलाई उच्च, निम्न, मध्यम सबै वर्गका दिदी बहिनीहरूले कला संस्कृतिको जगेर्ना गर्दै मनाइनु पर्ने कुरामा जोड दिँदै देश तथा विदेशमा रहेका सम्पूर्ण दिदी बहिनी तथा महानुभावहरूलाई शुभकामना व्यक्त गरे । कार्यक्रममा नेकपा एमाले चितवनका जिल्ला कमिटी अध्यक्ष कमल पाठक, रत्ननगरका नगर कमिटी अध्यक्ष ईश्वरी प्रसाद अर्याल, प्रदेश कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी अध्यक्ष बिमला दुवाडी, बागमती प्रदेश कमिटी सदस्य लक्ष्मी कोईराला लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा केन्द्रिय सल्लाहकार परिषद् सदस्य मायादेवी खतिवडा, प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मी, टिका पौडेल, जिल्ला कमिटी उपसचिव ज्वाला पुरी वन, जिल्ला कमिटी सदस्य तथा वडा ईन्चार्ज पुष्पराज जोशी, जिल्ला कमिटी सदस्य प्रताप डल्लाकोटी, सिता भेटवाल, विन्दा कार्की, विरञ्जना घिमिरे सापकोटा, गोकर्ण कुमारी महतो, जिल्ला लेखा आयोग सदस्य सविन रेग्मी, नगर कमिटी सचिवालय सदस्य तथा वडा ईन्चार्ज शालिग्राम पराजुली, नगर कमिटी सदस्य तथा अनेमसंघ रत्ननगरकी अध्यक्ष चन्द्रिका महत केसी, नगर कमिटी सदस्य ज्ञान प्रसाद पौडेल, रितु गिरी, पूर्व जिल्ला लेखा आयोग सदस्य संगिता खनाल लगाएतको सहभागिता रहेको थियो ।

रत्ननगर वडा नं. १ कमिटीका सचिव तुलसी गिरीले सञ्चालन गरेको कार्यक्रममा प्रदेश कमिटी सदस्य तथा नगर ईन्चार्ज राजाराम रेग्मीले स्वागत मन्तव्य राखेका थिए ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026