पूर्वी चितवन निर्माण सेवा संघकाे साधरण सभा तथा अधिवेशन: निर्माण व्यवसायी सम्मानित

ट्रेन्डिङ

कालिका १६ भदौ

कालिका नगरपालिका वडा नं ६ स्थित पूर्वी चितवन निर्माण सेवा संघकाे १५औ बार्षिक साधारण सभा तथा आठाैं अधिवेशन गरिएकाे छ । कालिकाका मेयर विनाेद रेग्मीले उद्घाटन गरेकाे साधारण सभामा आवास निर्माणमा लामाे सयम देखि याेगदान गर्दै आएका निर्माण व्यवसायीहरुलाई सम्मान गरिएकाे छ ।

संघका पूर्वअध्यक्ष उत्तम घिमिरे सहित संस्थापक अध्यक्ष जगत माेक्तान, पूर्वअध्यक्ष ज्ञानबहादुर लामिछाने, बलराम दंगाल, ज्येष्ठ सदस्य इन्द्रमाया मगर, संघका ज्येष्ठ सदस्य कृष्णप्रसाद खनाललाई सम्मान गरिएकाे हाे । कार्यक्रमका प्रमुख अतिथि मेयर रेग्मी र संघका अध्यक्ष हेमप्रसाद पन्तले उनीहरुलाई सम्मानपत्र र दाेसल्ला ओढाएर सम्मान गरेका थिए ।

साे अबसरमा मेयर रेग्मीले स्थानीय सरकारले लागू गरकाे भवन निर्माण आचारसंहिताकाे कार्यान्यनकाे लागि निर्माण व्यवासयीले नगरपालिकालाई सहयाेग गर्नु पर्ने बताए । कार्यक्रममा अध्यक्ष पन्तले भावी कार्ययाेजना, सचिव राजाराम नेपालले प्रगति प्रतिबेदन तथा लेखा संयाेजक सराेज चाैधरीले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा वडाध्यक्षहरु टीकाराम रेग्मी, लक्ष्मण पाैडेल, स्वराेजगार निर्माण सेवा संघ भरतपुरका अध्यक्ष कृष्णप्रसाद पाैडेल, पूर्वअध्यक्ष उत्तम घिमिरे लगायतले मन्तव्य राखेका थिए । संघका प्रथम उपाध्यक्ष कृष्णप्रसाद दुलालले स्वागत मन्तव्य राखेकाे कार्यक्रम सचिव नेपालले सञ्चालन गरेका थिए । अधिवेशनले १३ सदस्यीय नयाँ कार्यसमिति र तीन सदस्यीय लेखा समिति चयन गर्ने छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025