‘म उद्यमी’ गीत यूटुव मार्फत सार्वजनिक

ट्रेन्डिङ

 

चितवन १७ भाद्र

गायिका अञ्जु पन्तको स्वरमा रहेको ‘म उद्यमी’ गीतको म्युजिक भिडियो युट्युव मार्फत सार्वजनिक भएको छ।

वीरंजका सफल युवा उद्यमी गणेशप्रसाद लाठको शब्द रहेको उक्त गीतमा चक्रपाणि तिमल्सिनाले संगीत भरेका हुन् । संगीत संयोजन कुमा थापाले गरेका छन् । अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट दिल सार्की हुन् ।

ध्वनी सम्पादन तथा मास्टरिङ चन्द्र चौधरीले गरेका छन् । गीतको म्युजिक भिडियोमा नुवाकोटकी महिला उद्यमी, नुवाकोट जिल्ला महिला उद्यमी संघकी अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेश अन्तर्गत महिला उद्यमी उपसमिति संयोजक समेत रहेकी गीता अमात्यले उद्यमीको मुख्य भूमिका निर्वाह गरेकी छिन् ।

म्युजिक भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् भने यसमा अनिष तामाङको छायांकन र निरज भूषालको सम्पादन रहेको छ ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026