आज दुवै सदनको बैठक बस्दै

ट्रेन्डिङ

काठमाडौं १८ भदौ

आज संघीय संसदका दुवै सदनको बैठक बस्दै छ । बैठकमा तीन जना मन्त्रीले सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन्। दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा सहरी विकास मन्त्री प्रकाशमान सिंह, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ।

त्यसअघि बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने संसद् सचिवालयले जनाएको । संसदका दुवै सदनले पारित गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले भदौ १३ गते प्रमाणीकरण गरेका थिए।

आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ र ‘सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ।

त्यस्तै, उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्नेछन्। मन्त्री पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि रहेको संसद सचिवालयले जनाएको छ।

त्यस्तैगरी, दिउँसो १ बजे बस्ने राष्ट्रियसभाको बैठकमा उर्जा, जलस्रोत तथा सिचाईमन्त्री दीपक खड्का र खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ। बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनुहुने कार्यसूचि पनि रहेको छ। बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट आदिवासी जनजाति आयोगको आर्थिक वर्ष २०७९/८० को चौथौ वार्षिक प्रतिवेदन सभासमक्ष पेश हुनेछ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026