एमाले पोलिटब्युरो बैठक आज पनि बस्दै

ट्रेन्डिङ

काठमाडौं १९ भदौ 

नेकपा (एमाले) को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । मंगलबारबाट सुरु भएको बैठक पार्टी कार्यालय च्यासलमा बैठक बस्न लागेको हो ।

बैठकमा २०८४ को निर्वाचनमा एक्लै निर्वाचन लड्ने र बहुमत ल्याउने उद्देश्यसहितको एक वर्षे कार्ययोजनामा छलफल अघि बढेको छ । मंगलबार बैठकमा महासचिव शंकर पोखरेलले प्रस्ताव गरेको २३ पेज लामो कार्ययोजनामा आज नेताहरूले आफ्नो धारणा राख्ने छन् ।

कार्ययोजनामाथि राय राख्न नेताहरूलाई तीन मिनेटको समय छुट्याएको छ भने त्योभन्दा बढी धारणा राख्ने सदस्यहरूलाई लिखित रूपमा दिन एमालेले निर्देशन जारी गरेको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025