नेपाली खेलकुदमा इतिहास चरेकी पलेशालाई विमानस्थलमा भव्य स्वागत

ट्रेन्डिङ

काठमाडौं  १९ भदौ

नेपाली खेलकुद इतिहासमै पहिलो पटक ओलम्पिक पदक जित्न सफल पारा ओलम्पिक खेलाडी पलेशा गोवर्धन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । आज बिहान स्वदेश टेकेकी पलेशालाई विमास्थल पुगेर राष्ट्रिय खेलकुद परिषद्का उच्च अधिकारी, पलेशाका समर्थक, खेलकुद प्रेमी लगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरू झाँकी र बाजागाजासहित भव्य स्वागत गरेका हुन् ।

पलेशाको सम्मानमा राष्ट्रिय खेलकुद परिषदले विमानस्थलदेखि राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गण त्रिपुरेश्वसम्म नगर परिक्रमा गराएको छ । र्‍याली एयरपोर्ट, गौशाला, पुरानो बानेश्वर, मैतीदेवी, डिल्लीबजार, बागबजार, भद्रकाली, सहिदगेट, त्रिपुरेश्वर चोक हुँदै राष्ट्रिय खेलकुद परिषद्को प्राङ्गणमा पुर्‍याको छ। राखेपमा उनलाई स्वागत तथा उनको अन्तरक्रिया कार्यक्रमसमेत राखिएको छ।

पलेशाले पारा तेक्वान्दो के ४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजी मुनि सर्वियाकी मारिया मिसेभलाई १५-८ ले पराजित गर्दै कास्य पदक जितेकी थिइन्। सन् १९६४ को टोकियो ओलम्पिक तथा सन् २००४ को एथेन्स पारालिम्पिकदेखि नेपालले सहभागिता जनाउँदै आएको भए पनि पदकविहिन थियो । एसियाली खेलकुद प्रतियोगितामा प्राप्त भएका रजत पदक नै नेपाली खेलकुद इतिहासको उच्च सफलता थिए । अब पेरिस पारालिम्पिकमा पलेशाले प्राप्त गरेको सफलताले इतिहास बनाएको छ ।

थप समाचार

नेपाली एकता समाज मुलप्रवाहका नेता ठाकुर पौडेलको निधन

June 5, 2025

गोरखापत्रकर्मी काफ्ले र सुवेदीसहित तीन पत्रकार सम्मानित

April 19, 2025

आईसीसी यू-१९ विश्वकप एसिया छनोटको पहिलो खेलमा नेपालले यूएईसँग खेल्दै

April 13, 2025