खैरहनीमा प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने

ट्रेन्डिङ

 

खैरहनी १९ भदौ

पूर्वी चितवनकाे खैरहनीका प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव हुने भएकाे छ । हरितालिका तीजकाे अबसरमा ग्रेट टिभी प्रा.लि. ले यही भदाैं २१ गते तीजकाे दिन पर्सा बजारकाे चाैविसकाेटी चाेकमा कार्यक्रम आयाेजना गरेकाे हाे ।

आयाेजकले मंगलबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी दिएकाे हाे । चितवन जिल्लाका दिदीबहिनीहरुले समूह बनाएर सहभागी हुने छन् । २३ वटा समुहकाे सहभागिता रहने साे प्रतियाेगितामा अडिसन राउण्डबाट उत्कृष्ट छनाैट गरिने ग्रेट टिभीका अध्यक्ष रामेश्वर रिजालले बताए । प्रतियाेगितकाे प्रथम, द्धितीय र तृतीय हुनेलाई नगद पुरस्कार सहित सहभागिहरुलाई माैलाकाली केबलकारमा धार्मिक यात्रा गराइने रिजालले बताए । तीजकाे धार्मिक महत्व जाेगाउदै माैलिकता प्रबर्द्धनकाे लागि प्रतियाेगितात्मक ग्रेट तीज महाेत्सव आयाेजना गरिएकाे उनले जानकारी दिए ।

राष्ट्रिय स्तरका कलाकारहरु रमित ढुंगाना, शाेभित बस्नेत, अर्जुन सापकाेटा, दुर्गा सापकाेटा, भवन गायक यमलाल भण्डारी, रिचा पासवान, सन्देश शाह, वीरेन्द्र सिं कुसुवा, प्राप्ती पाैडेल, पूर्णिमा थापा, मिरन पाेखरेल, लिजा कुरनी, विशाल देवकाेटा, कमल देवकाेटा, चन्द्रावती वाग्ले, मुना अर्याल, नारायण न्याैपाने, जादुगर बलराम सरकारकाे प्रस्तुती रहने प्रबन्ध निर्देशक अस्मिता रिजालले जानकारी दिइन । महाेत्सव मार्फत अस्मिरा पत्रकार भलाई अक्षय काेष स्थापना, एक जना पत्रकार सहित पाँच विधामा पाँच जनालाई सम्मान गरिने उनले जानकारी दिइन ।

सन्टर कलेज मुख्य प्रयाेजक रहेकाे साे प्रतियाेगिताकाे संरक्षकमा खैरहनी नगरपालिका र प्रवर्द्धकमा रत्ननगर, कालिका र राप्ती नगरपालिका रहेका छन् ।

थप समाचार

स्वास्थ्य स्वयंसेविकामार्फत दिइएको मतदाता शिक्षा प्रभावकारी देखिएको छः निर्वाचन आयुक्त डा. जानकी कुमारी तुलाधर

March 1, 2026

इरान-इजरायल द्वन्द्वबीच राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक आह्वान

February 28, 2026

मतदानको दिन (फागुन २१ गते) पास आवश्यक नपर्ने सवारीसाधनहरू

February 28, 2026