चितवनका महिला पत्रकारलाई प्रेस चौतारी चितवनको दर

ट्रेन्डिङ

 चितवन १९ भदौ
प्रेस चौतारी चितवनले चितवनका महिला पत्रकारहरुलाई दर खुवाएको छ । क्रियाशील पत्रकारहरुको संगठन चौतारीले जिल्लामा काम गरिरहेका महिला पत्रकारहरुलाई हरितालिका तीजको अवसरमा दर खुवाउने कार्यक्रम बुधवार गरेको हो । दियालो फूडल्याण्ड क्षेत्रपुरमा गरिएको कार्यक्रममा पत्रकारहरुले तीजका विभिन्न भाकाहरुमा आफैंले गीत गाउँदै नाचगान गरेका थिए । सो कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सचिव सिर्जना अर्याल, न्यूनत्तम पारिश्रमिक निर्धारण समिति सदस्य शान्ता अधिकारी लगायत विभिन्न सञ्चारमाध्यममा काम गर्ने महिला पत्रकारहरुको सहभागीता रहेको थियो ।
प्रेस चौतारी नेपाल केन्द्रीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज प्रतिमा सिलवालले महिला पत्रकारहरुलाई उत्साहजनक सहभागी बनाएर चौतारी चितवनले दर खुवाउने कार्यक्रम राखेकोमा धन्यवाद दिइन् । उनले फिल्डमा सधैं रिपोटिङ्ग गर्न खटिने पत्रकारहरुलाई सम्झेर कार्यक्रम राख्दा खुसी मिलेको बताइन् । सिर्जनशील र रचनात्मक तथा सामाजिक काम गर्न चौतारी चितवनले लिएको अग्रसरताबाट सराहनीय भएको उनको भनाई छ ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025