रत्ननगरमा नेवारी भाषा प्रशिक्षण सुरु

ट्रेन्डिङ

 

रत्ननगर १९  भदौ 

रत्ननगरमा नेवारी भाषा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेवाःदेय् दबु जिल्ला समिति र रत्ननगर समितिको आयोजना तथा भिंज खल: र नेवा मैंज पुज रत्ननगरको सहयोगमा बुधबारबाट प्रशिक्षण कार्यक्रम सुरु भएको हो । असोज ४ गते सम्म चल्ने प्रशिक्षण कार्यक्रममा २५ जना प्रशिक्षार्थी रहेका छन् ।

पछिल्लो समयमा नेवारी भाषा लोप हुन थालेको भन्दै भाषाको संरक्षणको लागि कार्यक्रम आयोजना गरिएको भिंज खलः रत्ननगरका अध्यक्ष गोबिन्द कृष्ण श्रेष्ठले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथी रत्ननगरका मेयर प्रलाद सापकोटाले भाषा ,संस्कृति जाेगाउन गरिएको कार्यक्रम ले भाषा संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेवाःदेय् दबु रत्ननगर नगरकमिटीका अध्यक्ष श्याम कुमार प्रधान को अध्यक्षतामा भएको कार्यक्रममा , रत्ननगर वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र प्रसाद घिमिरे, नेवाःदेय् दबु: केन्द्रीय उपाध्यक्ष चन्द्रलाल राजभण्डारी, गाेपाल राज कर्माचार्य,केशवलाल कर्माचार्य लगायतको सहभागीता रहेको थियो । भाषा प्रशिक्षकका रुपमा गाेबिन्दकृष्ण श्रेष्ठ ,बद्रीमान श्रेष्ठ,निरंजन हाडा र नितु मानन्धर रहेका छन् ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025