इराकको कुर्द क्षेत्रमा ड्रोन आक्रमण, तीन जनाको मृत्यु

ट्रेन्डिङ

२० भदौ

इराकको उत्तरी स्वायत्त कुर्द क्षेत्रमा बुधबार एउटा कारमा भएको ड्रोन आक्रमणमा तीन जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताउनुभएको छ ।

टर्कीएले ‘कुर्दिस्तान वर्कर्स पार्टी’का लडाकु विरुद्धको अभियानको रूपमा उत्तरी इराकमा पछिल्लो एक चौथाई शताब्दीदेखि दर्जनौँ सैन्य आधारहरू प्रतिस्थापन गरेको छ । पार्टीले सन् १९८४ देखि टर्कीएविरुद्ध विद्रोह गरिरहेको र यसका पश्चिमी सहयोगीहरूले यसलाई “आतङ्कवादी सङ्गठन” का रूपमा कालोसूचीमा राखेका छन् ।

“आज दिउँसो ड्रोनले डोकान–खालाकान सडकमा एउटा कारमा बम प्रहार गर्दा तीन जनाको मृत्यु भएको छ”, डोकानका जिल्ला गभर्नर सिरवान सरहदले भन्नुभयो ।“कारमा सवार तीन जनाको शरीर जलेको छ । दुईजना कुर्दिस्तानको रान्या क्षेत्रमा बस्ने बाबु र छोराको रूपमा पहिचान गरिएको छ”, उहाँले थप्नुभयो ।

बगदादको सङ्घीय सरकारले मार्चमा ‘कुर्दिस्तान वर्कर्स पार्टी’लाई प्रतिबन्ध लगाएको र गत महिना अकारासँग विद्रोही विरुद्धको लडाईमा संयुक्त प्रशिक्षण र कमाण्ड केन्द्रहरू स्थापना गर्ने उदेश्यले सैन्य सहयोग सम्झौतामा गरेको थियो ।
अगस्ट २३ मा कुर्दिश क्षेत्रका अधिकारीहरूले टर्कीएलाई दोष लगाएको ड्रोन आक्रमणमा कुर्दिस्तान वर्कर्स पार्टीद्वारा अनुदान प्राप्त काम गर्ने दुई महिला पत्रकारको मृत्यु भएको थियो ।

थप समाचार

‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’को अडिसन पोर्चुगलमा हुँदै

February 14, 2025

रिहा भएपछि रविको पहिलो गर्जन, के भने?

February 6, 2025

साउदी अरबमा सोनाम ल्होसारको धुम,दमाम मा कार्यक्रम सहित मनाईदै

January 26, 2025